August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

लाखौंको सामान र एक जना तस्कर सहित मोटरसाइकल भन्सार चलान

२०८२ चैत्र ६

185

दिपु कुमार मिश्र
रौतहट : रौतहट प्रहरीले बंकुल नाकाबाट तस्करीको सामान सहित मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी बंकुल रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले बौधीमाई नगरपालिका ७ बंकुलबाट भारत बिहार राज्य, जिल्ला मोतिहारी ग्राम पंचायत बिजबनिया २५ बर्षिय अर्जुन कुमार यादवलाई समेत पक्राउ गरेको छ ।
ना.६ प.८०२१ नम्बरको मोटरसाईकलमा ७ बोरा मिठ्ठा (गुड) लोड गरि अबैध रुपमा भन्सार छली चोरी पैठारी गरि नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा १ लाख १२ हजार ४ सय बरावरको सामान र विभिन्न मिति र समयमा प्रहरी चेकिङ्ग टोलीले विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिई अनुसन्धानमा रहेका कागज पत्र नभएका अबैध थप ७ वटा मोटरसाईकल बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद मोटरसाइकल ११ लाख ७५ हजार रुपैयाँ बराबर रहेको प्रहरी प्रवक्ता बिश्व प्रदिप बस्यालले जानकारी दिए ।
कुल मूल्य १२ लाख ८७ हजार ४ सय बरावरको अबैध सामानहरु आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको बस्याले जानकारी दिए ।