September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

अबैध उत्खनन गरेको ८ ट्रयाक्टर प्रहरी नियन्त्रणमा

२०८२ चैत्र ५

595

दिपु मिश्र

रौतहट :- चन्द्रपुर नगरपालिकाको चाँदीखोलामा भइरहेको अवैध नदीजन्य पदार्थको उत्खननमा सशस्त्र प्रहरीले कारवाही गरेको छ । बिहीबार बिहानै ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

बिहीबार बिहानै खोलामा पुगेको सशस्त्र प्रहरी टोलीले बालुवा बोक्दै गरेका ट्याक्टरहरू नियन्त्रणमा लिएर चन्द्रपुर नगरपालिकाको जिम्मा लगाएको जानकारी दिएको छ ।

सशस्त्र प्रहरीका अनुसार चाँदीखोलाबाट अवैध रूपमा नदीजन्य वस्तु उत्खनन भइरहेको विशेष सूचनाका आधारमा कारवाही गरिएको हो । अवैध उत्खनन रोक्ने अभियानू चलाइएको सशस्त्र प्रहरी बेस सन्तपुरका प्रमुख विश्व जिसीले बताए ।

चाँदीखोलामा लामो समयदेखि निरन्तर अवैध उत्खनन भइरहेको छ । तर सम्बन्धित निकायले आँखा चिम्लिँदै आएको आरोप छ । नगरपालिकाले भने सशस्त्रबाट बुझिएका ट्याक्टरमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।