September 4, 2026, Friday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९

290

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा अस्पतालमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।