April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

प्रदूषण घटाउन सात अर्ब ऋण

२०८२ फाल्गुन २८

255

काठमाडौं :- नेपाल सरकारले वायु प्रदुषण घटाउने नाममा विश्व बैंकबाट साढे ७ अर्ब बढी ऋण लिने भएको छ । बैंकका कार्यकारी निर्देशकहरुको बैठकले नेपाललाई ५ कराेड २० लाख अमेरिकी डलर ऋण प्रस्ताव पारित गरेको जनाइएको छ ।
राजधानी काठमाडौं र तराई मधेशमा ‘नेपाल क्लिन एअर एण्ड प्रस्परिटी प्रोजेक्ट’ मार्फत् उक्त रकम खर्च गर्न लागिएको हो । वायु प्रदुषण घटाउन सञ्चालन गरिने परियोजनाको नाममा लिइएको ऋणबारे अर्थविद्हरुले नै अचम्म मानेका छन् । भन्छन्, ‘प्राकृतिक वातावरणलाई पुनर्जिवित गराउनुको सट्टा विदेशी ऋणको मुख ताक्ने प्रवृत्तिले समस्या ज्युँको त्युँ हुन्छ भने ऋणको भारी झन् थपिने मात्रै हो ।’