April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

इरानसँग युद्धको क्रममा १४० अमेरिकी सैनिक घाइते

प्रतीकात्मक तस्बिर
२०८२ फाल्गुन २७

220

काठमाडौं : इरानसँग जारी युद्धका क्रममा करिब १४० अमेरिकी सैनिक घाइते भएको अमेरिकाको रक्षा मन्त्रालय ‘पेन्टागन’ले दिएको छ ।
पेन्टागनका प्रवक्ता सीन पार्नेलले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा घाइते सैनिकमध्ये अधिकांशलाई सामान्य चोट लागेको र १०८ सैनिक उपचारपछि पुनः काममा फर्किसकेको बताएका छन् ।
यद्यपि, उनले आठ अमेरिकी सैनिक गम्भीर रूपमा घाइते भएको र उनीहरूको उपचार भइरहेको जानकारी दिएका छन् ।
इरानसँग सुरु भएको ११ दिनको युद्धपछि अमेरिकी सैनिकहरूलाई भएको क्षतिबारे यो पहिलो विस्तृत जानकारी सार्वजनिक भएको हो । जानकारी अनुसार इरानको तर्फबाट जवाफी कारबाहीका रूपमा रकेट र ड्रोनबाट आक्रमणहरू गरिएका थिए । यी आक्रमणहरूमा कुवेत र साउदी अरबमा तैनाथ सात अमेरिकी सैनिकको मृत्यु समेत भइसकेको छ ।
वासिंगटन पोस्ट