September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

सर्लाहीमा बिहान ८ बजे देखि मतगणना सुरु हुने

फाइल तस्बिर
२०८२ फाल्गुन २२

510

मलंगवा :-  सर्लाहीका ४ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानबाट सूरु हुने भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलनमै विहिबार राती अबेरसम्म लागेकाले आजबाट मतगणना हुने भएको हो । क्षेत्र नं. १ को लालबन्दी, २ को मलंगवा, ३ को हरिवन र ४ को गोडैतास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ ।
आफूहरु मतगणनाका लागि पूर्ण तयारी अवस्थामा रहेको र राजनैतिक दल वा उम्मेद्वारका प्रतिनिधिहरु सहितको सर्बदलिय सहमति लगतै क्षेत्र नं. २ को गणना सूरु गर्ने मुख्य निर्वाचन अधिकृत निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए । ‘कार्यविधि, निर्देशिका लगायतमा उल्लेख भएकै कुराहरुमा प्रतिनिधिहरुबीच सहमति गराईने हो’, थपलियाले भने, ‘ऐन कानूनमा तोकिएभन्दा फरक सहमति हुने हैन, त्यसैले १० बजेभित्र नै मतगणना सूरु हुन्छ होला ।’
क्षेत्र नं. १ मा अहिले बिहान सर्बदलिय बैठक राख्ने र बैठक सकिएपछि ९ बजेबाट मतगणना सूरु गर्ने तयारी भईरहेको निर्वाचन अधिकृत टीका बहादुर थापाले जानकारी दिए । क्षेत्र नं. ३ र ४ मा गएराती नै सर्वदलिय सहमति भएको र बिहान ८ बजे गणना सूरु हुने बताइएको छ ।