September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

रौतहटमा हालसम्म दुई लाख नौ हजारभन्दा बढीले गरे मतदान

२०८२ फाल्गुन २१

525

रौतहट : आज जारी मतदानमा रौतहटमा आज २ दिउँसोसम्म ४८ प्रतिशत मतदान भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो २ बजेसम्म करिब दुई लाख नौ हजारभन्दा बढी मतदाताले मतदान गरिसकेका छन् । जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा मतदान भइरहेको जनाए । उनका अनुसार जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी छ ।

रौतहटमा कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन् । मतदानका लागि जिल्लाभर २७७ मतदानस्थलमा ५४१ मतदान केन्द्र कायम  छ ।

जिल्लाका २७७ मतदानस्थलमध्ये १५२ स्थानलाई अतिसंवेदनशील र १०० स्थानलाई संवेदनशील मतदानस्थलका रूपमा वर्गीकरण गरिएको थियो भने बाँकीलाई सामान्य सूचीमा राखिएको छ ।

अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय परिचालन गरिएको प्रमुख जिल्ला जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।

जिल्लाभर हालसम्म कुनै अप्रिय घटना नभई उत्साहका साथ मतदान प्रक्रिया जारी रहेको प्रजिअ भुसालले बताए ।