काठमाडौँ : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । त्यस्तै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ र दिउँसो मौसम मुख्यतया सफा रहनेछ ।






