September 3, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

पाँच वर्ष देश चलाउने जिम्मा नेपाली कांग्रेसलाई, ‘बिना दुर्घटना तीव्र गतिमा देश अगाडि बढाउँछौं’ : सभापति थापा

२०८२ फाल्गुन १६

810

सर्लाही :-  ईश्वरपुर नगरपालिकामा आज आयोजित सर्लाही क्षेत्र नं. १ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापती गगन कुमार थापाले आगामी पाँच वर्ष देश चलाउने जिम्मेवारी नेपाली कांग्रेसले लिने र उक्त अवधिमा बिना दुर्घटना तीव्र गतिमा देश अगाडि बढाउने बताउनुभएको छ।

उहाँले अब बन्ने नेपाली कांग्रेस नेतृत्वको सरकारले प्रत्येक महिनाको १ गते देशवासीलाई सरकार गने कामको विवरण सार्वजनिक गर्ने व्यवस्था गरिने जानकारी दिनुभयो। “बैशाख महिनादेखि सरकारले मासिक रूपमा आफ्नो कार्यसम्पादनबारे जानकारी दिनेछ र त्यसको समीक्षा पनि नियमित गरिनेछ,” थापाले भन्नुभयो।
उहाँका अनुसार यसले सरकारको कामप्रति पारदर्शिता बढ्नुका साथै जनतालाई प्रत्यक्ष जानकारी पुग्ने र कामको गति समेत तीव्र हुने विश्वास व्यक्त गर्नुभयो।
थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नेपाललाई स्थायित्व, विकास र सुशासनको दिशामा अगाडि बढाउने दाबी समेत गर्नुभयो ।