प्रिमेश शिवाकोटी
रौतहट :- नदी दोहनको विषय हरेक बर्ष चर्चामा आउँछ । स्थानीय सरकार र सम्बन्धित अन्य सरकारी निकायले केहिदिन कार्वाहीको नाटक मंचन गरेर झारो टार्ने काम गर्ने गरेपनि नदिन दोहन निरन्तर जारी छ ।
रौतहटको चादी खोलापनि अहिले दोहनको मारमा छ । चन्द्रपुर ९ स्थित मर्धर घाटमा दैनिक अबैध रुपमा सयौं ट्रेक्टरले निर्वाद रुपमा नदि दोहन गरिरहेको स्थानीय बताउछ्न ।
मर्धर घाटबाट केही ठेकेदार र जनप्रतिनिधिको मिलेमतोमा मापदण्डविपरीत जथाभावी नदी दोहन गर्दै आएका छन् ।
चन्द्रपुर नगरपालिकाको कार्यालयले पुषको २९ गते निकालेको आशयको सूचना अनुसार सो घाटको नदिजन्य पदार्थ पधार्थ उत्खननको ठेक्का सर्हाली स्थित एम आर कन्स्ट्रक्सनले पाएको देखिन्छ । तर,मापदण्ड विपरीत नदि दोहन हुँदै आएको छ ।
रजास्व समेत दाखिला नभएको अवस्थामाअ निरन्तर नदि दोहनले बाताबरणीय सन्तुलन बिगारिरहेको स्थानीय सुरेश थापा मगर बताउछ्न ।
एकातर्फ राजस्व छली अर्कातर्फ निरन्तर दोहनले बस्तीनै जोखिममा पर्ने खतरा बढ्दै गएको थापा मगरको तर्क छ । सो क्षेत्रमा कहिले मानिस त कहिले नदीको बीच भागमै ठूला एक्स्काभेटर लगाएर ढुंगा, गिट्टी र बालुवा निकाल्ने गरिएको छ । स्थानीय तहले नदीमा नदीजन्य पदार्थ निकाल्ने ठेक्का लगाए पनि ठेकेदार र क्रसर व्यवसायीले सम्झौताविपरीत मेसिन प्रयोग गर्दै आएका हुन् ।
निर्वाचनका बेला प्रशासनिक निकाय व्यस्त भएको मौका छोपेर दिनरात नदीमा दोहन भइरहेको छ । चन्द्रपुर नगरपालिकाको राजस्व शाखा प्रमुख गङ्गा खड्कालाई राजस्वका बारेमाअ बुझ्न फोन सम्पर्क गर्दा उनको फोन उठ्दैन ।
जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायले अनुगमन तथा कारबाही प्रक्रियालाई बेवास्ता गरेपछि ठेकेदार र क्रसर व्यवसायीको मनोमानी बढेको हो । ठेक्काको पनि आफ्नै मापदण्ड हुन्छ,नदीबीचमै पसेर दोहन गर्न पाइदैन तर,पैसा र शक्तिको दुरुपयोग गर्दै निरन्तर दोहन जारी रहेको स्थानीय थापामगर बताउछ्न ।

