September 3, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चले दियो आदेश

२०८२ फाल्गुन १३

425

काठमाडौं : सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार साँझ प्रसाईंको पक्षमा रिट जारी गरेको हो ।
निर्वाचन आयोगको पत्रबमोजिम प्रहरीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो । उनीमाथि आयोगको काममा प्रभावित पार्नेगरी अफवाह सिर्जना गरेको आरोप लगाइएको थियो ।
आयोगका पदाधिकारीले पैसा खाएर गगन थापालाई कांग्रेसको आधिकारिकता दिएको दावी प्रसाईले गरेका थिए ।