September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

दोलखामा एमालेको ’जागिर कार्ड’ फेलः कांग्रेसमै फर्कियो सिंगटीको युवा टोली

२०८२ फाल्गुन ११

480

(सिंगटी) दोलखा : एमालेले बाँडेको झुठा आश्वासन र जागिरको प्रलोभनलाई लत्याउँदै दोलखाका युवाहरू पुनः आफ्नै ’पुरानो घर’ नेपाली कांग्रेसमा फर्किएका छन् ।
गत साता एमाले उम्मेदवार पार्वत गुरुङले माथिल्लो तामाकोशी आयोजनामा जागिर लगाइदिने प्रलोभन देखाएर एमाले प्रवेश गराएका नेपाल तरुण दल लामाबगरका सचिव एवं सिंगटीका प्रभावशाली युवा नेता शान्त तामाङसहित ४ जना युवाहरू आइतबार औपचारिक रूपमा कांग्रेसमा फर्किएका हुन् ।
नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार अजयबाबु शिवाकोटीले उनीहरूलाई खादा र माला लगाएर पार्टीमा स्वागत गरे। घर फर्किएलगत्तै युवा नेता शान्त तामाङले एमालेको भ्रमपूर्ण राजनीतिको पर्दाफास गरे । उनले भनेः ’ एमालेले विकास र मुद्दाको राजनीति होइन, केवल प्रलोभन र झुठा आश्वासनको राजनीति गर्दो रहेछ। हामी केही समयका लागि भ्रममा पर्यौँ, तर अब दोलखा उत्तरमा कांग्रेसलाई जिताउन कम्मर कसेर लाग्नेछौँ ।’
तरुण दलका जिल्ला नेता टासी शेर्पाले एमाले र अन्य दलहरूले अहिले गाउँ–गाउँमा जागिर र विभिन्न प्रलोभनको ’एम्बुस’ थापिरहेको बताए । उनले भने, ’हाम्रा जेन्जी र युवा साथीहरू कसैको प्रलोभनमा नफस्नुहोला, एमालेको झुठा आश्वासनको आयु सकिसक्यो ।’