August 30, 2026, Sunday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

बरिष्ठ पत्रकार चौलागाईले गरे आफ्नो ५२ औं जन्मदिनको अवसरमा वृक्षारोपण

२०८२ फाल्गुन ११

805

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ मा अवस्थित चाँदनी जन्म उत्सव पार्कको परिकल्पनाकार बरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघ काठमाण्डौका निवर्तमान अध्यक्ष गोबिन्द चौलागाईले आफ्नो जन्मदिन बिरुवा रोपेर मनाएका छन् ।
आज सोमबार आफ्नो ५२ औं जन्मदिनको अवसरमा जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान अन्तर्गतको बृक्षारोपण कार्यक्रमलाई एक्यवद्धता जनाउदै नेपालको पहिलो चाँदनी जन्म उत्सव पार्कको परिकल्पनाकार बरिष्ठ पत्रकार चौलागाईले आफ्नो जन्मदिन बिरुवा रोपेर मनाएका हुन् । यस भन्दा पहिला बरिष्ठ पत्रकार चौलागाईले आफ्नो जन्मदिनकै दिनबाट सो पार्कमा बिभिन्न विरुवाहरु रोपेर पार्कको उद्घाटन तथा सुरुवात गरेका दिए ।
यस पार्कको सौन्दर्यकरणका लागी बरिष्ठ पत्रकार चौलागाईले आफ्नै पहलमा २० लाख बजेट बिनीयोजन गराएर बिभिन्न कार्यहरु सम्पन्न गराएका थिए भने फेरी पनि चन्द्रपुर नगरपालिकाको टेन्डर मार्फत ७० लाखको बजेटमा पक्कि भवन,पिकनिक स्पट, स्डेज लगायतको कार्यहरु हुने चन्द्रपुर नगरपालिकाको ईन्जिनियर महेश बोहराले जानकारी दिएका छन् ।
सो कार्यक्रममा रौतहट क्षेत्र ४ आम जनता पार्टिका उमेद्वार ऋषि धमला,अन्नपुर्ण पोष्टका रौतहट प्रतिनिधि प्रिमेश शिवाकोटि,स्थानिय प्रकाश चौलागाई,सरोज बछार लगायतका व्यक्तिहरुको सहभागीता रहेको चाँदनी जन्म उत्सव पार्कका अध्यक्ष सुरेश थापा मगरले जानकारी दिएका छन् ।