September 3, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

दुई घण्टाको लागी गौरमा कफ्र्यु खुकुलो

२०८२ फाल्गुन १०

555

दिपु मिश्र

रौतहट : शनिबार रौतहट प्रशासनले जारी गरेको कफ्र्यु २ घण्टाका लागि खुकुलो बनाएको छ । गौर नगरपालिकाका विभिन्न स्थानमा आज बिहान ६ः३० देखि साढे ८ः३० बजेसम्म कफ्र्यु खुकुलो बनाईएको रौतहट प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार कफ्र्यु गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेड, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर तथा दक्षिणमा गौर भन्सार कार्यालयभित्र कायम रहनेछ ।
सनगढा गाउँमा बिगत ३ दिनदेखि दुई समुदायबीचको विवादपछि झडप हुनुका साथै प्रदर्शनकारीहरूले सवारीसाधनहरू जलाउन थालेपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नहुन्जेलसम्म अनिश्चितकालका लागि कफ्र्यु लगाएको थियो ।