April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

रौतहटमा सिडेनको नयाँ नेतृत्व चयन निर्वाचनमा सक्रिय भूमिकाको प्रतिबद्धता

२०८२ फाल्गुन २

180

 

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) रौतहटको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले इन्जिनियर प्रविन चौधरी लाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको छ। अन्य पदाधिकारीहरू पनि सर्वसम्मत निर्वाचित भएका छन्।

कार्यक्रममा सिडेन नेपालका अध्यक्ष रवि भूषण झा ले संगठन सातै प्रदेशमा विस्तार भइसकेको जानकारी दिँदै बाँकी जिल्लाहरूमा समेत विस्तार अभियान जारी रहेको बताउंदै उहाँले  लोकतान्त्रिक मूल्य–मान्यता र पेशागत आचारसंहितामा आधारित गतिविधिमार्फत इन्जिनियरहरूको भूमिका सशक्त बनाइने बताउनु भयो ।

सिडेन, नेपाली कांग्रेस को सुभेच्छुक संस्था भएकाले आगामी निर्वाचनमा पनि सहयोगी भूमिका खेल्ने धारणा व्यक्त गरिएको थियो। यश कार्यक्रमको अध्यक्षता रौतहट सिडेनका कार्यवाहक सभापति प्रवीण चौधरीले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथी सिडेन नेपालका केन्द्रिय अध्यक्ष रबि भूषण झा हुनुहुन्थ्यो भने   यस कार्यक्रममा विशिष्ट अतिथी  नेपाली कांग्रेसबाट  नव निर्वाचित राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवान, रौतहट जिल्ला  क्षेत्र नं ४ एवं क्षेत्र नं ३ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार द्वय देवीप्रसाद तिमल्सिना एवं रामकृपाल यादव हुनुहुन्थ्यो । उक्त कार्यक्रममा मन्तव्यको क्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार द्वय  देवप्रसाद तिमल्सिना एवं   रामकृपाल यादव ले विकास निर्माण र सुशासन प्रवर्द्धनमा इन्जिनियरहरूको योगदान महत्वपूर्ण हुने बताउनु भयो ।

अधिवेशनले सदस्यता विस्तार, पेशागत तालिम, सार्वजनिक खरिद प्रणाली सुधार तथा गुणस्तरीय पूर्वाधार निर्माणका सवालमा नीतिगत पहल जारी राख्ने निर्णय गरेको सिडेनका मधेस प्रदेश सदस्य एवं कार्यक्रम सञ्चालक ईन्जिनियर धिरेन्द्र झाले बताउनु भयो ।