April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

अन्य पार्टी परित्याग गरी दर्जनौंले गरे काँग्रेसमा प्रवेश 

२०८२ माघ २७

790

चन्द्रपुर :- पछिल्लो समय रौतहट क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार देव प्रसाद तिमल्सिनाको पक्षमा जनलहर बढ्दै गएको छ ।

आज मंगलबार चन्द्रपुर ३ गैंडाटारमा तिमल्सिनालाई समर्थन गर्दै दर्जनौं व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । एमालेका सुरेश कुमार राई,मुना अधिकारी,लक्ष्मी आचार्य सहित नेकपाका लोकेन्द्र राई, तुल्सीराई,आईते राई, सुश्मिता आचार्य लगायत दर्जनौं व्यक्तिले प्रतिनिधि सभाका उम्मेदवार तिमल्सिनाको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेको कांग्रेसका युवा नेता सुमन गौतमले जानकारी दिएका छन् ।

सस्तो लोकप्रियता कमाउन नयाँ दलहरुले अनेक हत्कण्डा प्रयोग गरेपनी जनमत कांग्रेसकै रहेको नेता गौतमले बताए ।