April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

बारा हत्याकाण्ड–प्रेमीको सहयोगमा पति र सासुको योजनावद्ध हत्या

२०८२ माघ १५

270

काठमाडौँ : बाराको परवानीपुर गाउँपालिका–१ रहरियामा बुधबार बिहान भएको विभत्स हत्याकाण्डमा प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । आमा–छोराको निर्मम हत्या प्रकरणमा मृतककी पत्नी र उनका प्रेमी पक्राउ परेसँगै यो घटना पारिवारिक कलह मात्र नभई योजनाबद्ध अपराध भएको पुष्टि भएको छ ।
प्रहरीका अनुसार २८ वर्षीय रामेश्वर मण्डल र उनकी ४६ वर्षीया आमा सुमित्रा देवी मण्डलको घाँटी रेटेर हत्या गरिएको थियो । प्रहरी अनुसन्धानबाट मृतककी २३ वर्षीया पत्नी मनिता देवी मण्डल र उनका प्रेमी धर्मेन्द्र महतो नै हत्याको योजनाकार रहेको खुलेको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार मनिताले प्रेमी धर्मेन्द्रसँग मिलेर हत्या योजना बनाएकी थिइन् । धर्मेन्द्र वैदेशिक रोजगारीका लागि दुबईमा थिए । उनी माघ १२ गते काठमाडौँ फर्किएपछि योजनालाई कार्यान्वयन गरिएको हुनसक्ने प्रहरीको आशंका छ । बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भने, ‘अहिले नै सबै कुरा भन्न मिल्ने अवस्था छैन, अनुसन्धान भइरहेको छ, चाँडै सत्य तथ्य बाहिर आउँछ, दोषी कारवाहीबाट उम्किन पाउँदैन ।’