April 22, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

घट्यो पेट्रोल र डिजेलको मुल्य

२०८२ माघ २

290

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।
निगमले गएराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रूपैयाँले घटाएको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रूपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर एक सय ३६ रूपैयाँ कायम छ ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।