रौतहट : रौतहट जिल्ला चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाहरुमा लायन्स क्लव अफ काठमाण्डौले न्यानो कपडा तथा सिरक वितरण गरेको छ ।
चिसो मौसम,न्यानो सहयोगको उदेश्यले लायन्स क्लव अफ काठमाण्डौ समृद्धि र लायन्स क्लव अफ काठमाण्डौ सेन्ट्रलको संयुक्त आयोजनामा चन्द्रपुर नगरपालिकाको पाँच,छ र आठमा वडाहरुमा रहेका सितलहर पिडितहरुलाई राहत स्वरुप न्यानो कपडा तथा सिरक वितरण गरिएको हो । तराईको चिसो सितलहर र स्याँठले हरेक बर्ष दर्जनौं मनिसहरुको मृत्यु हुने गरेको पाईएको छ । त्यसैं कुरालाई मध्यनजर गर्दै लायन्स क्लव अफ काठमाण्डौ समृद्धि र सेन्ट्रलले तराईमा न्यानो कपडा तथा सिरक वितरण गरेको लायन्स क्लव अफ काठमाण्डौ समृद्धिका अध्यक्ष अर्जुन लामिछनेले बताएका छन् ।
लायन्सले आर्थिक अबस्था कमजोर भएका बिपन्न,सहारा बिहिन गरेर चन्द्रपुरको तिनवटा वडाहरुमा समान तवरले २०–२० घरधुरी सहित ६० वटा परिवारलाई न्यानो कपडा तथा सिरक बितरण गरेको छ । चिसो मौसममा पिडितहरुलाई थोरै भएतापनि राहत स्वरुप न्यानो कपडा तथा सिरक बितरण गरीएको लायन्स क्लव अफ काठमाण्डौ समृद्धिका प्रथम अध्यक्ष सुशिल खरेलले जानकारी दिएका छन् । उनले रौतहटमा मात्र नभई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेका लगभग ४० कैदीहरुको लागि समेत न्यनो कपडा तथा सिरक उपलब्ध गराएर त्यस कार्यालयका प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीलाई हस्तान्तरण गरेको बताएका छन् ।
फेरी पनि आर्थिक अबस्था कमजोर भएका सहारा बिहिन तथा पिडितहरुको लागी क्लब सधै लागी पर्ने लायन्स क्लव अफ काठमाण्डौ समृद्धिका चार्टर प्रेसिडेन्ट तथा डिस्ट्रिक ३२५ H का पुर्व गभर्नर शम्भु वहादुर थापाले बताएका छन् ।
सो राहत बितरण कार्याक्रम चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का युवा समाजसेवी तथा नेपाली काँग्रेसका नेता बन्ती कुमार पाण्डेको नेतृत्वमा सो वडाका २० परिवारलाई राहत वितरण गरिएको थियो भने वडा नम्बर ७ मा नेपाली काँग्रेसमा नेता तथा समाजसेवी देवराज अधिकारीको नेतृत्वमा राहत वितरण गरिएको थियो । त्यस्तै वडा नम्बर ८ मा युवा समाजसेवी सरोज बछारको नेतृत्वमा २० जना परिवालाई राहत वितरण गरिएको लायन्स क्लव अफ काठमाण्डौ समृद्धिका अध्यक्ष लामिछानेले जानकारी दिएका छन् ।
लायन्स क्लव अफ काठमाण्डौ समृद्धिका अध्यक्ष लामिछानेका अनुसार राहत वितरणको लागि लायन्स क्लव अफ काठमाण्डौ समृद्धिका डिस्ट्रिक ३२५ H का (AID ) चेयर पर्सन कल्याण बिक्रम अधिकारी र युवा व्यवसायी निर्मल पण्डितको महत्वपुर्ण योगदान तथा सहयोग रहेको बताएका छन् ।






