September 3, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने

२०८२ पुष ६

375

काठमाडौँ : हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराईमा हुस्सु लागेको छ ।
दिउँसो देशभर आंशिक बदली रहने छ। राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ ।
देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकाले सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।