चन्द्रपुर : होटल एएन प्लाजा र देवीपुर रोयल्सबीच सम्पन्न दोस्रो खेलमा देवीपुर रोयल्स विजयी भएको छ ।
शुक्रवार चन्द्रपुर ८ कोटिहोमको ग्राउण्डमा भएको दोस्रो खेलमा देवीपुर रोयल्स ४ रनले विजयी भएको हो । समय अभावमा १५ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङमा आएको एएन प्लाजाले ८ विकेट गुमाई १ सय २३ रन बनाएको थियो । टिमका अरबिन्द चौधरीले २१ बलमा ३२ रन बनाएका थिए । दिनेश अधिकारीले १२ बल खेलेर १२ रन बनाए । दीपेन्द्र रावतले ७ बलमा १२ रन बनाए । त्यस्तै शैलेन्द्र कुशवाहले ८ बलमा १२ रन बनाए । रुपेश सिंहले ७ बलमा १३ रन बनाए । अशु कन्दोईले ७ बलमा ११ रन बनाए । देवीपुरका सेराज हवारी, कमल गुप्ता र रैयन आलमले २\२ विकेट लिए । रियाज आलम र नटराज साहले १\१ विकेट लिए ।
१ सय २४ रनको विजयी लक्ष्य पाएको देवीपुरले १३.३ ओभरमा ६ विकेट गुमाइ १ सय १३ रन बनाउँदा प्रकाशका कारण खेल रोकियो । त्यसपछि डकवर्थ–लुइस नियमअनुसार देवीपुरलाई ४ रनले विजयी भएको घोषणा गरिएको चन्द्रपुर युवा क्लवका संयोजक देवराज कार्कीले जानकारी दिएका छन् ।

