April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

छुटे रास्वपाका सभापति रवि लामिछाने

२०८२ पुष ४

435

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा भएका छन् ।
केहीवेर अघि रुपन्देही अदालतमा उपस्थित भएका लामिछाने अदालती प्रक्रिया पूरा गरी भर्खरै रिहा भएका हुन् ।
उच्च अदालत बुटवल इजलासले बिहीवार धरौटीमा छाड्न आदेश दिएपछि आवश्यक प्रक्रिया पूरा गर्न उनी आज चितवन हुँदै रुपन्देही अदालतमा उपस्थित भएका थिए ।
अदालतले २ करोड ७४ लाख ८४ हजारसहित धरौटीमा छाड्न आदेश गरेको थियो ।
लामिछाने बिगो बराबरको रकम र त्यस अघिको एक करोड गरी ३ करोड ७४ लाख ८४ हजारको बैंक ग्यारेन्टी बुझाएर भर्खरै छुटेका रुपन्देही अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए ।