चन्द्रपुर :चन्द्रपुर प्रिमियर लिगको दोस्रो संस्करण अन्तर्गतको आज भएको पहिलो खेलमा अप्पन कटहरिया टिमले जित हाँसिल गरेको छ ।
अप्पन कटहरिया र होटल एन प्लाजा टिम बीच भएको खेलमा अप्पन कटहरिया टिमले जित हासिल गरेको हो । अप्पन कटहरियाले २० ओभरमा ७ बिकेट गुमाउदै २ सय १३ रन बनाउन सफल भएको थियो भने होटल एन प्लाजाले १४ ओभरमा ३ बलमा सबै बिकेट गुमाउदै ९३ रन बनाएको थियो ।
शुक्रबार दुर्गा भगवती वेरियर्स र समनपुर बोल्टबीच पहिलो खेल तथा होटल एन प्लाजा र देवीपुर रोयल गुजरा बीच दोस्रो खेल हुने चन्द्रपुर युवा क्लबले जनाएको छ ।

