September 3, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

आज विश्व आप्रवासी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

२०८२ पुष ३

240

काठमाडौँ : डिसेम्बर १८ अर्थात् विश्व आप्रवासी दिवस नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो । रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई सामान्य रूपमा आप्रवासन भनिन्छ । आप्रवासीहरू जुन देशमा पुगेको हो त्यही देशको कानून अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाइँदै आएको छ ।
आप्रवासीको हित मानव विकासको फराकिलो दायराभित्रको महत्त्वपूर्ण अंश हो । नेपाली आप्रवासीहरूले आफू र आफ्ना परिवारको उन्नति तथा भलाइका लागि देश बाहिर गई संघर्ष गर्दै आएका छन् । विशेष गरी नेपालीहरूको गन्तव्य खाडी मुलुकहरू र मलेसिया, दक्षिण कोरिया, पूर्वी अमेरिका हो । नेपालीहरू कामकै लागि युरोप सहित विश्वका १९० वटा देश पुग्दै आएका छन् ।

यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरूले दैनिक रूपमा अनेकौँ समस्याको सामना गर्दै आएका छन् । आप्रवासी कामदारले भित्र्याएको विप्रेषणले उनीहरूको मात्रै होइन पुरै देशकै आयस्रोतमा बढोत्तरी भएको छ ।