September 3, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

देशभर मौसम मुख्यतया सफा रहने

२०८२ पुष ३

325

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशभर मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । अन्यत्र मौसम मुख्यतया सफा रहेको छ ।
आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
शुक्रबार भने लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।