काठमाडौं : नेकपा (एमाले)को महाधिवेशनमा दुई हजार २२७ प्रतिनिधिले मतदान गरेका छन् । ३६ जनाले भने मतदान गरेनन् ।
महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए । मतदान प्रक्रिया सकिएको छ ।
बुधबार बिहान ९ः१५ बजेबाट मतदान सुरु भएको थियो । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान भएको थियो ।