काठमाडौं : साफ महिला क्लब च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपाली क्लब एपीएफले आज पाकिस्तानको कराची सिटीसँग खेल्दैछ ।
दुई खेलमा चार अंक जोडेको एपीएफले आज तेस्रो खेल खेल्न लागेको हो । आजको खेल जिते एपीएफ फाइनल पुग्नेछ ।
कराँचीको यो अन्तिम खेल हो। तीन खेलमा दुईमा बराबरी र एकमा पराजित भएको कराँचीको २ अंक रहेको छ । आजै हुने पहिलो खेलमा भारतको इस्ट बंगाल र बंगलादेशको नसिरन स्पोर्ट एकेडेमीबीच खेल हुनेछ ।
यी दुईबीचको खेल दिउँसो २ बजे दशरथ रंगशालामा हुनेछ भने एपीएफले कराँची सिटीसँग दशरथ रंगशालामै साँझ ६ बजे प्रतिस्पर्धा गर्नेछ ।

