April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

नेकपा (एमाले) ले बोलायो केन्द्रीय कमिटी बैठक

२०८२ मंसिर २८

310

काठमाडौं : नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ बजे पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।
उनले पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।
यस्तै, बिहान ८ बजे बोलाइएको महाधिवेशनको बन्दसत्र मध्याह्न साढे १२ बजे हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । केन्द्रीय कमिटी बैठक राखिएकाले बन्दसत्र सरेको हो ।
शनिबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र आजदेखि हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।