काठमाडौं : आइतबार दिउँसो कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ ।






