April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

एनपीएल फाइनल : आज कस्ले मार्ला बाजी ?

२०८२ मंसिर २७

295

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) ले आज नयाँ विजेता पाउँदैछ ।
शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधि निम्ति फाइलनमा प्रतिस्पर्धा गर्न लागेका हुन् । योसँगै एनपीएलले नयाँ विजेता पाउने पक्का भएको हो ।
सुदूरले पहिलो क्वालिफायरसमा विराटनगर किंगसलाई ७७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । लुम्बिनीले भने दोस्रो क्वालिफायरसमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा यो हुने यो खेल अपरान्ह ३ः३० बजे हुनेछ ।