September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

दाङको लमहीमा बस दुर्घटना, २२ जना घाइते

२०८२ मंसिर २५

325

काठमाडौँ : दाङको लमहीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियामा डडेल्धुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे पुलबाट खोलामा खसेको हो ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार लमही अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको उनले बताए ।
बसमा ३८ जना सवार थिए । पट्टा भाँचिएर बस दुर्घटना भएको प्रारम्भिक बयान बस चालकले दिएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।