April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

माओवादीका नेता भट्टराईले गरे १२ करोडको सडक निर्माणको शिलान्यास

२०८२ मंसिर २५

405

रौतहट : माओवादीका नेता तथा रौतहट क्षेत्र नम्बर ४ का प्रदेश सांसद युवराज भट्टराई ‘समीर’ ले पूर्वाधार विकास आयोजनाको शिलान्यास गरेका छन् ।
जिल्लाको वृन्दावन नगरपालिका अन्तर्गत विश्रामपुर, बेनौली, नरकटिया र हर्दिया गाउँहरूलाई जोड्ने नाला सहितको कालोपत्रे सडक निर्माण कार्यको औपचारिक शुभारम्भ सांसद भट्टराईले शिलान्यास मार्फत गरेका हुन् ।
यो आयोजना मधेस प्रदेश सरकारको कुल १२ करोड ७८ लाख रुपैयाँ को लागतमा निर्माण हुन लागेको हो । सांसद भट्टराईले सडक तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले सहज र सुरक्षित यातायात सुविधा पाउने तथा दीर्घकालीन रूपमा जलजमावको समस्या समाधान हुने अपेक्षा व्यक्त गरेका छन् ।