काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहानदेशभर मौसम मुख्यतया सफा छ ।
दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।






