September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

सरकारी कार्यालय जलाउने माओवादी नेता अन्सारी पक्राउ

प्रतीकात्मक तस्बिर
२०८२ मंसिर १५

490

विराटनगर : जेनजी आन्दोलनमा जिल्ला प्रशासन कार्यालय मोरङ र अन्य सरकारी कार्यालयमा आगजनी गर्न नेतृत्व गरेका माओवादी नेता तालिम अन्सारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई आइतबार विराटनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्सारी विघटित प्रतिनिधिसभामा माओवादी केन्द्रका सांसद अमनलाल मोदीका स्वकीय सचिव थिए ।
जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयका सामान बाहिर निकालेर आगो लगाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
यो भिडियोबारे पछि टीकाटिप्पणी हुन थालेपछि अन्सारीले आफूले सामान बचाएको दाबी गरेका थिए । उनी प्रहरीको खोजी सूचीमा थिए । मोरङ प्रहरीले यसअघि पनि तोडफोड र सरकारी कार्यालय जलाउनेहरूलाई विभिन्न ठाउँहरूबाट पक्राउ गरेको थियो ।