काठमाडौं : नेपालको मौसम प्रणालीमा हाल दक्षिण–पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव छ । दित्वा चक्रवातको प्रभाव रहे पनि वर्षाको सम्भावना भने न्यून रहेको मौसमविदहरूले बताएका छन् ।
यसले पश्चिमी वायुलाई झन् नेपाल आउन नदिने मौसमविद विनोद पोखरेलले जानकारी दिएका छन् ।
सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।






