September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

आज मोक्षदा एकादशी

२०८२ मंसिर १५

445

काठमाडौँ : मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात् मोक्षदा एकादशी सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ श्रीमद्भागवत् गीता उत्पत्ति भएको दिन । सोमबार सनातन धर्मावलम्बीले गीताजयन्ती मनाउँदै छन् ।
महाभारत युद्धका क्रममा कुरुक्षेत्रमा भगवान् कृष्णले अर्जुनलाई यसै दिन उपदेश दिएका थिए । हजुरबुबा, काका, भाइलगायत बन्धुका साथै गुरुहरूसँग लडाइँ गर्न अर्जुन तयार नभएपछि भगवान् कृष्णले उपदेश दिएका थिए । यसैलाई गीताज्ञान भनिने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।
महाभारत ग्रन्थअन्तर्गत भीष्मपर्वमा १८ अध्यायको गीता समावेश छ । गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको छ ।
गीताजयन्तीका अवसरमा विश्व हिन्दु महासंघलगायत धार्मिक संघसंस्थाले कार्यक्रम गर्दैछन् । गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी मनाइँदै छ । गीतापाठ र यसको महिमाबारे चर्चा लगायत कार्यक्रम गरी यो दिवस मनाइन्छ ।