April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

एनपीएलमा आज कर्णाली र काठमाण्डू भिड्ने

२०८२ मंसिर १४

445

काठमाडौँ : त्रिवि क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार कर्णाली याक्स र काठमाण्डू गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे शुरु हुनेछ ।
सोमपाल कामीको कप्तानीमा चारवटा खेलमा सहभागी कर्णाली याक्सले एकमात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आइतबारुको खेल जित्नैपर्ने बाध्यता छ ।
करण केसीको नेतृत्वमा रहेको काठमाण्डू ६ अंकसहित तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाण्डूका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।