September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

डीआईजी ईश्वर कार्की एआईजीमा बढुवाका लागि सिफारिस

२०८२ कार्तिक २९

360

काठमाडौं : नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्की सिफारिस भएका छन् । शुक्रबार गृह मन्त्रालयको बढुवा समितिले कार्कीलाई बढुवाका लागि सिफारिस गरेको हो ।
डीआईजी कार्की कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् ।
दानबहादुर कार्कीको प्रहरी महानिरीक्षक (आईजीपी)मा पदोन्नति भएपछि रिक्त रहेको पदमा उनलाई बढुवा सिफारिस गरिएको हो ।