September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

आज उत्पत्तिका एकादशी अर्थात् वर्षकै पहिलो एकादशी मनाइँदै

२०८२ कार्तिक २९

350

काठमाडौँ : उत्पत्तिका एकादशी अर्थात् वर्षकै पहिलो एकादशी शनिबार मनाइँदैछ ।
एकादशी मार्गशीर्ष कृष्ण पक्षमा शुरु भएर कार्तिक शुक्ल पक्ष (हरिबोधिनी) मा समाप्त हुने बताइन्छ । एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा र कृष्ण पक्षमा । यो हिसाबले वर्षमा २४ वटा एकादशी हुन्छन् ।
यो तिथि भगवान् विष्णु वा नारायणसँग सम्बन्धित पर्व हो । एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका पदार्थ नखाने परम्परा छ । वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम अँगालेको पाइन्छ । एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने, माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ ।
विभिन्न पुराणमा एकादशीको उत्पत्ति, माहत्म्य र फलबारे बताइएको छ । एकादशी माहत्म्यमा पनि प्रत्येक यो दिन गर्ने र नगर्ने कामका विषयमा उल्लेख पाइन्छ ।