April 22, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

सर्वोच्चले बोलायो अर्घाखाँची सिमेन्ट र विद्युत प्राधिकरण लाई छलफलमा

२०८२ कार्तिक २५

520

काठमाडौं : बिजुली महसुलको बक्यौता विवादबारे अर्घाखाँची सिमेन्टले नेपाल विद्युत प्राधिकरणलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कात्तिक ३० गते छलफलका लागि बोलाएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश टंकप्रसाद ढुंगानाको एकल इजलासले अन्तरिम आदेश दिने कि नदिने विषयमा निर्णय गर्न दुवै पक्षलाई बोलाएको हो ।
अर्घाखाँची सिमेन्टले रिट दायर गर्दा अन्तरिम आदेश माग गरेको थियो ।
प्राधिकरण सञ्चालक समितिको गत वैशाख २१ को बैठकले उद्योगीहरूलाई प्रशासकीय पुनरावेदन गर्न दिने निर्णय गरेकोमा गत असोज १० गते पुनः निर्णय गरेर कात्तिक २ भित्र बक्यौता बुझाउन भनेको थियो । यसैविरूद्ध अर्घाखाँची अन्तरिम आदेशको माग गर्दै सर्वोच्च गएको थियो ।
डेडिकेटेड तथा ट्रंकलाइन विवाद २०७५ सालबाट सुरू भएको हो । उद्योगहरूले २०७२ देखि २०७५ सालसम्म डेडिकेटेड तथा ट्रंकलाइनबाट बत्ती चलाएको र पैसा नतिरेको भन्दै प्राधिकरणले बेला बेला लाइन काट्ने र जोड्ने गर्दै आएको छ ।