काठमाडौं : मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवको पदभार जारी रहँदा बाहिर झडप भएको छ ।
निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनारले प्रदेश प्रमुख निवास गेटमा ‘हाम्रो जित भयो, यो मुख्यमन्त्रीको पद चाँडै जाँदैछ’ भनेर सम्बोधन गर्दै प्रवेश गरेका थिए ।
उनीसँगै प्रदर्शनकारीहरू पनि प्रवेश गरेपछि प्रहरीले गेट थुनेको थियो । सोनारसहित केही नेता प्रवेश गरे पनि बाँकीमाथि भने प्रहरीले लाठीचार्ज गरेको छ । भित्र प्रवेश गरेका सांसदहरूमाथि प्रहरीले लाठीचार्ज गरेपछि उनीहरूको भागाभाग भयो ।
बाहिर रहेका प्रर्दशनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । अहिले प्रदेश प्रमुख निवास क्षेत्र तनावग्रस्त छ ।

