September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

मधेसका मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

२०८२ कार्तिक २५

655

काठमाडौं : मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कात्तिक २४ गते झिसमिसेमै होटलमा मुख्यमन्त्री यादवलाई शपथ गराएपछि विरोध भएको थियो । त्यसविरूद्ध रकीप्रसाद यादवले सर्वोच्चमा रिट हालेका थिए ।
उक्त रिटमाथि सर्वोच्चले आज अन्तरिम आदेश दिँदै मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्नु\नगराउनू भन्दै अन्तरिम आदेश दिएको सर्वोच्चका प्रवक्ता सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
एमाले संसदीय दल नेता यादव संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
यादव मुख्यमन्त्री बनेपछि सांसदहरूले नै विरोध गरेका थिए। उनको पदबहालीसमेत भएको छैन भने उनलाई मुख्यमन्त्री नियुक्त गरेकी प्रदेश प्रमुखलाई पनि सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरिसकेका छन् ।