September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

आज सन्तपुर मेलामा साङ्गितिक धमाका हुने

२०८२ कार्तिक २५

915

चन्द्रपुर : चन्द्रपुर नगरपालिका वडा नम्बर ८ सन्तपुरमा आयोजित ४८ औं समाचकेवा महोत्सव तथा श्री कार्तिकेश कुवर मेलामा साङ्गितिक धमाका हुने भएको छ ।
आज २५ गते साँझ रौतहट जिल्ला निवासी गायक तथा संगितकार सुर्य राई दनुवार,कलाकार तथा मोडेल सुमन राज न्यौपाने (ल्याङ्री दादा) , कलाकार तथा मोडल उमेश कुमार बराल तेस्तै नायीका तथा कलाकार एलिना रायमाझि,डान्सर समिता गिरी,लोकदोहोरी गायक अमरदिप बिसी,डान्सर जोशना मगर लगायतले आफ्नो धमाकेदार प्रस्तुति दिने मेलाका अध्यक्ष कमलेस चौधरीले जानकारी दिएका छन् ।
आजको साङ्गितिक धमाका बिशेष रहेकोले सम्पुर्ण व्यक्तिहरुलाई निमन्त्रणा गर्दै मेला आगामि २८ गते सम्म रहने मेला समितिले एक प्रश्न डटकमलाई जानकारी दिएका छन् ।