September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

अक्टोबरमा मात्र एक लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरे

२०८२ कार्तिक १७

305

काठमाडौं : यस वर्षको अक्टोबरमा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार दक्षिण एसियाबाट २९ हजार ६०, एसियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियानाबाट ६ हजार ८१४, अमेरिकाबाट १६ हजार ४०७, मध्यपूर्वबाट तीन हजार ५४८, अफ्रिकाबाट ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।
बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन् ।