September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

तीनवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

२०८२ आश्विन ३०

410

काठमाडौं : देशका केही स्थानमा आज वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सातवटै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।
विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले प्रष्ट पारेको छ ।