September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

जेनजीको नाममा धम्क्याउँदै हिँड्ने अर्जुन शाही पक्राउ

२०८२ आश्विन २९

370

काठमाडौं : जेनजीको नाममा विभिन्न व्यक्तिलाई धम्क्याउँदै हिँडेका अर्जुन शाही पक्राउ परेका छन् । काठमाडौंको कोटेश्वरबाट उनलाई बुधबार बेलुका पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
अछामको पञ्चदेवल घर भएका २६ वर्षीय शाहीले पछिल्लोपल्ट विभिन्न सरकारी कार्यालयमा पुगेर धम्क्याउने काम गर्दै आएका थिए । उनीमाथि ठगीलगायतका विभिन्न मुद्दामा यसअघि पनि अनुसन्धान भएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार उनलाई बुधबार बेलुका काठमाडौंबाट पक्राउ गरिएको हो । उनका अनुसार शाहीमाथि प्रारम्भिक अनुसन्धान सुरु भएको छ ।