September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

कार्यवाहक सभापति पूर्णबहादुरले बोलाए गुटको बैठक

२०८२ आश्विन २९

495

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएको भोलिपल्टै गुुटको भेला डाकेका छन् ।
आज बिहानदेखि संस्थापन पक्षका नेताहरूको बैठक धोबीघाटस्थित सिद्धार्थ कटेजमा बसिरहेको छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरी दर्ताको दबाब आइरहेको बेला कार्यवाहक सभापति खड्काले संस्थापन पक्षका नेताहरूको बैठक गरेका हुन् ।
बैठकमा सहभागी नेताहरूले महाधिवेशन प्रतिनिधिहरूको वैधानिकता असोज १०मै सकिएको भन्दै केन्द्रीय समितिको वैधानिकता सकिनुअघि केन्द्रीय महाधिवेशन कार्यतालिका पारित गरी अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।
उनीहरूले महाधिवेशन प्रतिनिधिको वैधानिकता समाप्त भइसकेको भन्दै केन्द्रीय महाधिवेशनको मिति तोकेर नियमित महाधिवेशनमा जानुपर्ने बताएका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार कतिपय नेताहरूले उपसभापति खड्काको भूमिकामा प्रश्न उठाउँदै महामन्त्रीहरूले भनेका सबै विषय र प्रस्तावमा सहयोग नगर्न सुझाव दिएका छन् ।
सभापतिलाई अप्ठ्यारो पार्न विगतदेखि नै महामन्त्रीहरूले प्रयास जारी राखेको भन्दै त्यसलाई रोक्न भूमिका नखेलेकोप्रति उनीहरूको असन्तुष्टि छ ।