August 21, 2026, Friday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

‘कबड्डी ५’ को छायांकन मुस्ताङमा सुरु

२०८२ आश्विन २८

340

काठमाण्डौं : फिल्म ‘कबड्डी’को पाँचौं श्रृंखलाको छायांकन ३५ दिनका लागि मुस्ताङ र काठमाडौंमा सुरु हुँदैछ ।
छायांकन सुरु हुनु एकदिनअघि मुक्तिनाथ मन्दिरमा ‘कास्ट एन्ड क्रू’को उपस्थितिमा शुभसाइत पूजा गरिएको थियो ।
पाँचौं भागमा दयाहाङ राई, मिरुना मगर, विपिन कार्की र सिर्जना गुरुङले भूमिका निर्वाह गर्नेछन् ।
काठमाडौं । चर्चित फिल्म ‘कबड्डी’ले पाँचौं श्रृंखलाको छायांकन मंगलबारदेखि हिमालपारिको जिल्ला मुस्ताङमा सुरु गर्दैछ ।
छायांकन सुरु हुनु एकदिनअघि प्रसिद्ध मुक्तिनाथ मन्दिरमा ‘कास्ट एन्ड क्रू’को उपस्थितीमा शुभसाइत पूजा गरियो ।
कार्यकारी निर्माता मणिराम पोखरेलका अनुसार फिल्मको ७० प्रतिशत भाग मुस्ताङ र बाँकी काठमाडौंमा छायांकन गर्ने तालिका छ । ३५ दिने छायांकन तालिका राखिएको फिल्मको कास्टिङबारे नयाँ अपडेट पनि छ ।
अघिल्लो भागदेखि देखिँदै आएका दयाहाङ राई, मिरुना मगर, विजय बराल, कमलमणी नेपाल, अरुणा कार्की पाँचौ भागमा देखिनेछन् । नयाँ श्रृंखलामा विपिन कार्की र मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ पनि जोडिएका छन् ।

कार्यकारी निर्माता पोखरेलले महत्वपूर्ण भूमिकामा विपिन र सिर्जना अनुबन्धित भएको जानकारी दिए । रामबाबु गुरुङ निर्माता तथा निर्देशक रहेको फिल्म बाँसुरी फिल्म्स प्रालिको ब्यानरमा बन्न लागेको हो ।
‘कबड्डी’का अघिल्ला चारै श्रृंखलाले घरेलु फिल्ममा उछाल कमाइ गरेका थिए ।