September 2, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

नेपाल एयरलाइन्सको काठमाडौं–ग्वाञ्जाओ उडान रद्द

२०८२ आश्विन २८

445

काठमाडौँ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ ।
निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौं–ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको समेत निगमले जनाएको छ ।
निगमले काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं सेक्टरको नियमित उडान तालिकाबमोजिम १६ अक्टोबरको काठमाडौं–ग्वाञ्जाओ उडानमा ६८ यात्रु र १७ अक्टोबरका लागि ग्वाञ्जाओ–काठमाडौं उडानमा ४१ यात्रुको टिकट बिक्री भइसकेको जनाएको छ ।
यसैगरी, २३ अक्टोबरको काठमाडौं–ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ–काठमाडौं उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमको भनाइ छ ।
निगमले उक्त उडानमा यात्रु सङ्ख्या कम भई रद्द गरिएको भन्ने समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । उक्त गन्तव्य नेपालका लागि नयाँ भएको र सो गन्तव्यको पूर्णरूपमा प्रचारप्रसार भइनसकेको हुँदा यात्रुहरूलाई सुसूचित गर्ने कार्य जारी रहेको निगमको भनाइ छ ।
निगमले उक्त गन्तव्यमा टिकट बुकिङ बढ्ने क्रम रहेकाले नयाँ सेक्टर प्रवद्र्धनमा निगमलाई सहयोग गर्न सम्पूर्ण सञ्चारजगत्लगायत सबैमा अनुरोध समेत गरेको छ ।