काठमाडौं : जेनजी युवाहरूसँग छलफल गर्दागर्दै राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । अस्वस्थ भएपछि उनलाई अस्पताल लगिएको छ ।
राष्ट्रपतिसँग छलफल गर्न भन्दै २२ जना जेन–जी अगुवा बिहान शीतलनिवास पुगेका थिए । तर उनीहरूसँग छलफल गर्दागर्दै राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि हाल त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएको छ ।
अस्पताल स्रोतका अनुसार राष्ट्रपति पौडेललाई एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि अस्पताल पुर्याइएको हो । हाल उनलाई अस्पतालको भर्ना गरिएको छ ।
अस्पताल स्रोतले भन्यो, ’ करिब आधा घन्टा जति भयो उहाँलाई ल्याइएको एक्कासी अस्वस्थ महसुस गरिए पछि ल्याइएको रहेछ हाल प्रारम्भिक स्वास्थ्य परीक्षण भइरहेको छ ।’

